शाहरुख खानको ‘जवान’ले अहिलेसम्म कति कमायो ?

नेपालभ्युज

शाहरुख खानको ‘जवान’ले अहिलेसम्म कति कमायो ?

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’ रिलिज भएको १६ दिन नाघिसक्यो । शाहरुखको यस फिल्मले लगातार शानदार कमाइ गरिरहेको छ ।

१६औं दिन पनि फिल्म जवानले राम्रो कमाइ गरेर विश्वव्यापीरूपमा ९५० करोड भारतीय रुपैयाँ कमाइ सकेको छ ।

यस कुराको जानकारी शाहरुख खानको फिल्म जवानका निर्माताहरू स्वयंले दिएका छन् । किंग खानको उत्पादन कम्पनी रेड चिलिजले जवानले १६औं दिनसम्म कुल ९५३.९७ करोड रुपैयाँ कमाइसकेको जानकारी दिएको छ ।

जवान छिट्टै एक हजार करोड रुपैयाँ कमाउने फिल्म बन्नेछ । रमाइलो कुरा त शाहरुखकै फिल्म पठानपछि यो एक हजार करोड पार गर्ने फिल्म बन्दैछ ।

पठानले विश्वव्यापी रुपमा आफ्नो खातामा कुल एक हजार ५० करोड कमाई गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved