शरीरमा भिटामिनको कमी किन हुन्छ ?

नेपालभ्युज

शरीरमा भिटामिनको कमी किन हुन्छ ?

एजेन्सी । शरीरमा भिटामिनको कमी भएपछि तपाईंलाई अन्य धेरै प्रकारका स्वास्थ्य समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ । शरीरमा फरक फरक प्रकारका भिटामिनको कमी हुँदा समस्या पनि फरक प्रकारका हुन्छन् ।

यदी शरीरमा भिटामिन एको कमी भयो भने तपाईंलाई आँखासँग जोडिएका समस्या हुन सक्छन् । यदी तपाईंको शरीरमा भिटामिन बीको कमी छ भने नर्वस सिस्टम, आँखा तथा छालासँग जोडिएका समस्याहरु हुन सक्छन् ।  यदी भिटामिन सीको कमी भयो भने सम्पूर्ण शरीरलाई नै प्रभावित गर्दछ ।

विभिन्न स्वास्थ्य विशेषज्ञहरुको विचारअनुसार शरीरमा भिटामिनको कमी हुनुको पछाडि मुख्य रुपमा खानपानसँग जोडिएको खराब बानी हो । तर खानपानले मात्र नभएर तपाईंको शारीरिक स्थिति तथा जीवनशैली पनि यसको पछाडिको कारण हुन सक्छ । खराब पोषण तथा रक्सी सेवन गर्ने, धुम्रपान तथा अन्य कुनै प्राकृतिक कारणले पनि तपाईंको शरीरमा भिटामिनहरुको कमी हुन सक्छ । शरीरमा भिटामिनको कमी हुनुको मुख्य कारणहरु यसप्रकारका छन्–

  •  खानपानमा पोषक तत्वको कमी
  •  प्राकृतिक पोषणको अभाव
  •  एकदमै धेरै रक्सी सेवन गर्नु
  •  कुनै विमारी वा रोग
  •  धुम्रपानको कारण
     भिटामिनको कमी हुन नदिने तरिका
  • शरीरमा भिटामिनको कमीले गर्दा तपाईंको रोग प्रतिरोधक क्षमता पनि कमजोर हुन्छ । यसबाहेक शरीरका हड्डी पनि कमजोर हुन्छन् । यती मात्र नभएर पुरुषमा भिटामिनको कमी हुनाले प्रजनन क्षमता पनि कमजोर हुन्छ ।
  • शरीरमा भिटामिनको कमी पूरा गर्नका लागि सन्तुलित भोजनको सेवन गर्नुपर्दछ । यसका लागि खानपानमा ताजा फलफूल, साग, तरकारीहरु समावेश गर्नुपर्छ । फलफूल तथा तरकारीहरुमा भिटामिनहरु भरपूर मात्रामा हुन्छन् ।
  • यसबाहेक तपाईं आफ्नो खानपानमा दुध तथा यसबाट बनेको दही घ्यू, पनीर आदिको पनि सेवन गर्न सक्नुहुन्छ । साथमा दैनिक रुपमा  नट्सहरुको सेवन गर्दा पनि शरीरमा भिटामिनको कमी हुनबाट बच्न सकिन्छ ।
  • खानपानसँगै नियमित रुपमा योग तथा व्यायाम गर्ने बानीले पनि शरीरमा भिटामिनहरुको कमी हुनबाट बच्न सकिन्छ । यदी तपाईं लामो समयदेखि कुनै विमारीको शिकार भइरहनुभएको छ भने डाक्टरको सल्लाह लिएर सप्लीमेन्ट्सहरुको सेवन पनि गर्न सक्नुहुन्छ । तर ध्यान दिनुहोस् कुनै पनि भिटामिन तथा सम्प्लीमेन्ट्स डाक्टरको सल्लाह वा चेकजाँच नगरिकन सेवन गर्नु हुँदैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved