सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन गरिएको होइनः विप्लव

नेपालभ्युज

सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन गरिएको होइनः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो । उनले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरुले भाग लिएको पटकपटक दोहोर्‍याए ।    उनले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे ।

उनले भने, ‘नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ । यो हेक्का राखिराख्नुस् । नेपाल एकदमै नराम्रो ठाउँमा पुगेको छ । यो संवेदना त्यसले मात्रै बुझ्छ, जो कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठछ ।’ उनले नेपालको अगाडि देखा परेको चुनौतिको सामना  गर्ने उद्देश्यले  समाजवादी मोर्चा खडा गरिएको बताए  ।

महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए । जनताको चाहनालाई प्रतिविम्वित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाई थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved