अब ‘झक्कास’ भन्न अनिल कपूरको अनुमित चाहिन्छ

नेपालभ्युज

अब ‘झक्कास’ भन्न अनिल कपूरको अनुमित चाहिन्छ

एजेन्सी । बलिउड कलाकार अनिल कपूर आफ्ना दमदार डायलग तथा शानदार अभिनयका लागि चिनिन्छन् । उनलाई कैयौंपटक ‘झक्कास’ भनेको सुन्नुभएको होला । तर अब यदि तपाईंले पनि अनिलले जसरी यो शब्द भन्न चाहनुहुन्छ भने उनको अनुमति लिनुपर्नेछ ।

हालै अनिल कपूरले दिल्ली हाईकोर्टमा आफ्नो व्यक्तिगत अधिकारको सुरुक्षाका लागि याचिका दाखिल गरेका थिए । यसैबीच अब कोर्टको फैसला आएको छ । दिल्ली हाईकोर्टले बलिउडका दिग्गज अभिनेता अनिल कपूरको पक्षमा फैसला सुनाएको छ ।

अनिल कपूरले केही दिन पहिले याचिका दायर गरेका थिए, जसमा उनले भनेका थिए केही मानिसहरु उनको अनुमति बिना उनको नाम र आवाजको प्रयोग गरिरहेका छन् ।

यस्तोमा अनिल कपूरले कोर्टसँग माग गरेका थिए कि उनको आवाज र कुनै पनि चर्चित फिल्मका चरित्रलाई प्रयोग गर्न रोक लागोस् । यसैविषयमा कोर्टले फैसला सुनाएको हो । मिडिया रिपोर्टअनुसार दिल्ली उच्च अदालतले ‘लखन’, ‘मिस्टर इन्डिया’, ‘नायक’ जस्ता फिल्मका चरित्रको प्रयोग गर्नमाथि बन्देज लगाएको छ । अब उनको ‘झक्कास’ जस्तो शब्द पनि प्रयोग गर्न पाउनेछैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved