नवीकरणीय ऊर्जा पहल बढाउन टाटा र दुगड पावरबीच सहमति

नेपालभ्युज

नवीकरणीय ऊर्जा पहल बढाउन टाटा र दुगड पावरबीच सहमति

काठमाडौँ । नेपालको नवीकरणीय ऊर्जा पहललाई बढावा दिने उद्देश्यस्वरुप टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टीटीआरइएल) र दुगड पावर फोर्जबीच सहमति भएको छ । सहमति भएसँगै दुगड पावरलाई नेपालमा  सुरुदेखि अन्त्यसम्मको दीगो ऊर्जा उत्पादनमा कोशेढुँगा बन्न मद्दत गर्ने दुवै कम्पनीको विश्वास रहेको छ ।

यस सहमतिमार्फत नेपालमा आवश्यक रहेको विद्युत् आपूर्तिमा सहज हुने कम्पनीले जनाएको छ । नेपालभित्र हुने कार्य सञ्चालन र मर्मत सुधारमा टीटीआरइएलले प्रदान गर्ने सेवाको विविधीकरणको लागि यसले नयाँ क्षितिजको ढोका खोल्ने विश्वास लिइएको छ ।

टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री आशिष खन्ना भन्छिन्, ‘दुगड पावर सँगको यो साझेदारी नेपालको  ऊर्जाको क्षेत्रको इन्जिनियरिङलाई पुन परिभाषित गर्ने रणनीतिक एकता हो । जब हामी नेपालको ऊर्जाको सम्भाव्य बजार भित्र प्रवेश गर्दछौँ, एउटा परिवर्तनशील प्रभाव रहोस् भन्ने हामी चाहन्छौँ ।’

उनले दुवै कम्पनीहरू सँग रहेका श्रोतहरू र विज्ञताको एकताले यस क्षेत्रमा दिगो ऊर्जाको  खपतमा रहेको प्रणालीमा नयाँ परिस्थिति सिर्जना गर्नेमा विश्वस्त रहेको बताइन्।

दुगड पावर प्रा.लि.का व्यवस्थापकीय निर्देशक श्री अभिशेक दुगड भन्छन्, ‘टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडसँगको हाम्रो सहकार्य नेपालको ऊर्जाको क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्म निर्भर र नवीकरणीय बनाउने रणनीतिक एकता हो । आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन् । नेपालको हरेक कुनामा स्वच्छ ऊर्जा पुर्‍याउने कुरामा हामी प्रतिबद्ध छौँ । नेपालको दिगो ऊर्जाको भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिबद्धतालाई उजागर गर्ने दस्तावेज यो साझेदारी हो ।’

टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड नवीकरणीय ऊर्जा क्षेत्रको नेतृत्वदायी खेलाडी हो जसले विश्वभरि नै ३ जीडब्लु भन्दा बढीको सेल र मोडल बेचेको छ । ३.४ मेगावाटको नेदरल्याण्डमा, ३.३७६ मेगावाटको अमेरिकामा जस्ता कम्पनीले ठुला र बहुमापनका कम्पनीहरू लाई ऊर्जा दिएको छ ।

दुगड पावरले नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा दक्षता हासिल गर्दछ । यी दुवै कम्पनीलेसंयुक्त रूपमा नेपालको ऊर्जा समाधानका लागि रूपान्तरणकारी कार्य गर्न क्षमता राख्दछन् ।

यो साझेदारीले परम्परागत व्यापारिक एकताको सीमालाई नाघ्छन् । नेपालको ऊर्जा क्षेत्रलाई पुन परिभाषित बनाउने लक्ष्य यस साझेदारीले राखेको छ । टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड र दुगड पावर प्रा.लि. दुवै कम्पनी  नेपालको ऊर्जा क्षेत्रलाई अद्वितीय रूपमा नयाँ उचाइमा पुर्‍याउने रणनीतिक रूपमा सबल छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved