गदर २ र बाहुबली २ लाई ‘जवान’ले उछिन्यो

नेपालभ्युज

गदर २ र बाहुबली २ लाई ‘जवान’ले उछिन्यो

एजेन्सी । शाहरुख खानको फिल्म जवानले बक्स अफिसमा दुई हप्ता पूरा गरिसकेको छ । यसका साथै फिल्मले एउटा अर्को माइलस्टोन पार गरेको छ । व्यापारको हिसाबमा जवान दिग्गज डाइरेक्टर एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ र पछिल्लो पटक निकै चर्चामा रहेको गदर २ भन्दा पनि अगाडि पुगिसकेको छ ।

जवानले यो सफलता हासिल गर्न १५ दिन लगायो । १४ औं दिनमा यसले बाहुबली २ को रेकर्ड तोडेको थियो । १५ औं दिनमा गदर २ लाई पछि पारेको भारतीय संचारमाध्यमले जनाएका छन् । जवान सबैभन्दा धेरै कमाई गर्ने हिन्दी फिल्मको लिस्टमा दोस्रो नम्बरमा पुगिसकेको छ । प्रतिस्पर्धामा शाहरुखको पठान मात्रै अगाडि छ ।

१५ दिनमा जवानले घरेलु बक्स अफिसमा ५२६ करोडको व्यापार गरिसकेको छ । गदर २ ले ५२१ करोड कलेक्सन गरेको थियो । पछिल्लो पटक कमाइ केही घटे पनि जवानले पठानलाई उछिन्ने अनुमान गरिएको छ । पठानले भारतमा ५४३ करोडको कलेक्सन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved