असोज १० गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो

नेपालभ्युज

असोज १० गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो

काठमाडौं‌ । असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर प्रदर्शनी (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिएको हो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनीका लागि अधिकांश स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै स्वदेशमै उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको सङ्घका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए ।

“आर्थिक गतिविधि सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ”, अध्यक्ष अग्रवालले भने ।

फर्निचर तथा फर्निसिङ सामग्री बिक्रेता, उत्पादक, आयातकर्ता, वितरक, मेसेरेनरी तथा प्रविधि हस्तान्तरण, डिलर व्यवसायीलगायतका सयभन्दा बढी स्टल प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।

नेपालमा उत्पादित फर्निचर सामग्रीलाई प्रवर्द्धन तथा बजारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रदर्शनीस्थलमा सामान खरिद गर्नका लागि खुला बजार पनि सञ्चालन हुनेछ ।

पचास हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त ब्राण्डको सहभागिता रहनेछ । प्रदर्शनीस्थलमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुने आयोजकले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved