प्रहरी प्रमुख कुँवर भन्छन्- आर्थिक अपराध न्यूनीकरणका लागि बेग्लै ब्युरो बनाउनु पर्छ

नेपालभ्युज

प्रहरी प्रमुख कुँवर भन्छन्- आर्थिक अपराध न्यूनीकरणका लागि बेग्लै ब्युरो बनाउनु पर्छ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले वित्तीय अपराध न्यूनीकरण गर्न बेग्लै ब्युरो बनाउनुपर्ने बताएका छन् ।

महानिरीक्षक कुँवरले आर्थिक क्षेत्रका उजुरीहरुपनि धेरै आउन थालेको भन्दै आर्थिक अपराध न्यूनीकरणका लागि बेग्लै ब्युरोको आवश्यकता औंल्याएका हुन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको पनि बताए ।

सिमान्तकृत वर्गप्रति अझ सहज र सेवाग्राहीमैत्री भएर काम गर्ने प्रयत्न गरिएको उनको भनाइ छ । उनले प्रहरीले आफ्नो व्यवहार सुधार्दै व्यवसायिक ढंगले काम गरिरहेको पनि बताए ।

महानिरीक्षक कुँवरले सरुवा मापदण्ड बनाएर प्रहरीको सरुवा गरेसँगै प्रहरीको मनोबल बढेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved