काठमाडौंका प्रअको एकै स्वर- शैक्षिक क्षति प्रति संवेदनशील छौं, बिदाका दिन पढाउँछौँ

नेपालभ्युज

काठमाडौंका प्रअको एकै स्वर- शैक्षिक क्षति प्रति संवेदनशील छौं, बिदाका दिन पढाउँछौँ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनका क्रममा भएको शैक्षिक क्षति प्रति संवेदनशिल भएको बताएका छन् ।  महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएपछि बसेको महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले अहिले आन्दोलनमा जाने र यसको घाटा बिदाका दिन पढाएर पूरा गर्ने निर्णय गरेको हो ।

प्रधानाध्यापकहरूले बैठकपछि निकालेको संयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा भएको क्षतिलाई परिपूर्ति गर्न विदाका दिनमा पठनपाठन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

साथै बैठकले आन्दोलनभर विद्यालय बन्द गरेर शिक्षकहरूले माइतीघर मण्डलामा नियमित हाजिर गर्ने निर्णय गरेको  समेत  विज्ञप्तिमा  उल्लेख गरिएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved