कस्तो चल्दै छ ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ ?

नेपालभ्युज

कस्तो चल्दै छ ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ ?

काठमाडौं। दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ घरेलु बक्स अफिसमा ‘हिट’ हुने बाटोतर्फ उन्मुख छ। अहिले हलमा ‘एक भगवत् र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शनमा छ। प्रमुख मल्टिप्लेक्सले ‘नांगो गाउँ’को शो बढाएका छन्।

आधिकारिक कमाइ सार्वजनिक नभए पनि फिल्मको देशव्यापी अकुपेन्सी ३० देखि ४० प्रतिशत हाराहारीमा रहेको बताइएको छ। जुन ‘विकडेज’का लागि आक्रामक मानिएको छ।

हल सञ्चालकका अनुसार यो फिल्मले दर्शकलाई हलसम्म फर्काउन केही हदसम्म सफल भएको छ।

मुख्यतः ‘नांगो गाउँ’को सुखद ओपनिङ हुनुमा केही फ्याक्टर कारण छन्। पहिलो त सार्वजनिक बिदाको कारण। तीज, शनिबार र संविधान दिवससहितका एकपछि अर्को सार्वजनिक बिदाले मानिसहरू फुर्सदमा छन्।

अर्को एकपछि अर्को ब्लकबस्टर फिल्म दिइरहेका दयाहाङ राई र मिरुना मगरको फ्याक्टर फिल्मको ओपनिङ सुखद रहेको बताइन्छ।

‘जारी’ र ‘कबड्डी ४’ ले निर्माण गरेको दयाहाङ–मिरुनाको ‘सेलिब्रिटी कल्ट’को फाइदा यसमा देखिएको जानकारहरू बताउँछन्।
नांगो गाउँको समीक्षा त्यति नकारात्मक देखिएकाले पनि मानिसहरू फिल्म हेर्न हलसम्म धाइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved