काठमाडौंका शिक्षकलाई आन्दोलनमा जान महानगरको प्रतिबन्ध

नेपालभ्युज

काठमाडौंका शिक्षकलाई आन्दोलनमा जान महानगरको प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षकलाई आन्दोलनमा जान प्रतिबन्ध लगाएको छ । महानगरले विद्यालय बन्द गरेर आन्दोलनमा जान शिक्षकहरुलाई प्रतिबन्ध लगाएको हो ।

महानगरले भोलिदेखि विद्यालय अनुगमन गर्ने विद्यालय बन्द गरिएको पाइएमा कारबाही गर्नेसमेत जनाएको छ । विद्यालय बन्द गराउने प्रधानाध्यापक र आन्दोलनमा सहभागी हुने शिक्षकलाई कारबाही गर्ने महानगरले जनाएको हो ।

संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका छन् । उनीहरुले बुधबार माइतीघरमा भेला प्रदर्शन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved