आईएमईको ‘आईएमई गरौं, करोडपति बनौं’ योजना अफर

नेपालभ्युज

आईएमईको ‘आईएमई गरौं, करोडपति बनौं’ योजना अफर

काठमाडौं। रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एकजनाले १ करोड रुपैयाँ नगद जित्नेछन्। त्यस्तै, प्रत्येक महिना एकजनाले १ लाख नगद पाउने छन्। यसैगरी, दसैं, तिहार तथा छठ पर्वमा १ हजार ८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्।

आइएमई गरी आईएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन पाउने तथा योजना असोज २ देखि २०८१ भदौ मसान्तसम्म लागू हुने आईएमईले जनाएको छ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकका रूपमा काम गर्ने बताए।

त्यस्तै, यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved