एमाले पार्टी कार्यालय पुगेर झलनाथले भने- दलहरू एकै ठाउँमा उभिनै पर्छ

नेपालभ्युज

एमाले पार्टी कार्यालय पुगेर झलनाथले भने- दलहरू एकै ठाउँमा उभिनै पर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि सबै दलहरुलाई एकै ठाउँमा उभिनपर्ने बताएका छन् ।

दलहरुबीच एकता नहुँदा संविधान कार्यान्वयन चुनौतीपूर्ण भएको भन्दै उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेले संविधान दिवससँगै स्वर्गीय नेता सुवास नेम्वाङको स्मृतिमा आयोजना गरेको ‘सुवास र संविधान’ शीर्षकको अन्तरक्रियामा बोल्दै उनले मुलुकको समृद्धिका लागि पनि संविधानको सफल कार्यान्वयन हुनुपर्ने तर्क गरे ।

‘हामीले संविधान त बनायौं । तर, त्योअनुसारको नीति, आचरण गर्न सकेका छैनौं । अहिले देशमा संकट मडारिएको छ’, उनले भने, ‘दलहरु एक नहुने हो भने मुलुक झन् संकटमा फस्न सक्छ ।’

उनले संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved