दैनिक एउटा स्याउ खानु डाक्टरबाट टाढा रहनु हो तर…कतिबेला खाने ?

नेपालभ्युज

दैनिक एउटा स्याउ खानु डाक्टरबाट टाढा रहनु हो तर…कतिबेला खाने ?

एजेन्सी । दैनिक स्याउ खानाले शरीरमा धेरै फाइदाहरू हुन्छन् । अंग्रेजीमा भनाइ पनि छ- ‘दैनिक एउटा स्याउ खानु डाक्टरबाट टाढा रहनु हो ।’ तर, कतिपयको मनमा यस्तो प्रश्न आउन सक्छ खाना खाएपछि स्याउ खानुहुन्छ कि हुँदैन वा कुनै समयमा स्याउ खाने ?

डाक्टर तथा स्वास्थ्य विशेषज्ञहरूको भनाइअनुसार खाना खाएपछि तुरुन्तै स्याउ खानु हुँदैन । यदि, तपाईं स्याउ खान चाहनुहुन्छ भने खाना खाएको दुई घण्टापछि वा दुई घण्टा अघि खानुहोस् ।

खाना खाएपछि तुरुन्तै स्याउ खाँदा शरीरलाई चाहिने पोषक तत्त्व  प्राप्त हुँदैन । शरीरलाई खाना र स्याउ पचाउनका लागि लामो समय लाग्छ । यस्तोमा खाना र स्याउ दुवैका पोषक तत्वहरू प्राप्त गर्न समयको अन्तर राख्नुपर्ने हुन्छ ।

यदि, स्याउ खाने सही समयको कुरा गर्ने हो भने सबैभन्दा राम्रो समय बिहानको हुन्छ । बिहानको समयमा स्याउ खाँदा शरीरमा राम्रोसँग पोषक तत्वहरू प्राप्त हुन्छन् र जसलाई पचाउन पनि सजिलो हुन्छ ।

स्याउमा फाइबर, क्याल्सियम र भिटामिन ‘सी’ भरपूर मात्रामा पाइन्छ । यसमा पोटासियम पनि हुन्छ, जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । उच्च रक्तचापलाई नियन्त्रण गर्दा हृदयसम्बन्धी रोगहरूको खतरा कम हुन्छ । यसका लागि दैनिक खाली पेट स्याउको सेवन गर्नुपर्दछ । बढिरहेको तौललाई कम गर्नका लागि पनि स्याउ एकदमै राम्रो विकल्प हो ।

स्याउमा फाइबर धेरै हुन्छ जसले गर्दा लामो समय पेट भरिएको महसुस हुन्छ । त्यसैले यसलाई बिहानको नास्तामा खानुहोस् ।

दैनिकरूपमा स्याउको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसका लागि खानपानमा भिटामिन ‘सी’ धेरै भएको खानेकुराहरू खानुपर्छ ।

स्याउमा भिटामिन ‘सी’, प्रोटिनसमेत अन्य कैयौं आवश्यक पोषक तत्वहरू भरपूर मात्रामा पाइन्छ । स्याउमा एन्टिइन्फ्लेमेटरी तथा फ्लेवोनोइड क्वेरसेटिन पाइन्छ । स्याउको सेवनले हातखुट्टा सुन्निएको पनि निको हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved