टीभीएसको च्याम्पियन्स एक्सचेन्ज मेला : हर मोडमा उमङ्ग अफर 

नेपालभ्युज

टीभीएसको च्याम्पियन्स एक्सचेन्ज मेला : हर मोडमा उमङ्ग अफर 

काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्सचेन्ज मेलाको आयोजना गरेको छ । असोज १ गते देखि काठमाडौँको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गते सम्म चल्ने छ ।

मेला मार्फत ग्राहकहरूले कुनै पनि ब्रान्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरू पाउने कम्पनीले जनाएको छ । मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्याङ्कन भन्दा १० हजार बढी मूल्य पाउने छन् ।

मेला मार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमङ्ग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा ५ लाख सम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यसका साथै, हरेक महिना ग्राहकहरूले लक्की ड्र मार्फत सत् प्रतिशत क्यास ब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. १० लाखको नगद पुरस्कार उपलब्ध गरिने समेत जनाएको छ ।

उक्त योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५% डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरको ईएमआइमा इच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यस बाहेक ग्राहकहरूले हेलमेट, बाइक कभर, र ब्याग जस्ता आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved