आईएमई पेले ल्यायो अल्टिमा अनलाइन मेलामा एकको डबल अफर 

नेपालभ्युज

 आईएमई पेले ल्यायो अल्टिमा अनलाइन मेलामा एकको डबल अफर 
काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पेले’ असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ ।
अल्टिमाले आफ्नो वेबसाइटको लन्च अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’मा बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ६ बजेदेखि राती ८ बजेसम्म एउटा अल्टिमा एटोम ५२० वा अल्टिमा एटोम ३२० एअर्बर्ड्स खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्का एयरबर्ड निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।
साथै, अन्य अल्टिमाका ग्याजेट्सहरूमा आईएमई पेमार्फत् भुक्तानी गर्दा २६ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।  अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहकहरूलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न उक्त अफर सार्वजनिक गरिएको आईएमई पेका सीईओ प्रवीण रेग्मीले जानकारी दिएका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved