एसिया कप फाइनल : सिराजले बनाए श्रीलंकालाई धरासायी

नेपालभ्युज

एसिया कप फाइनल : सिराजले बनाए श्रीलंकालाई धरासायी
तस्वीर स्रोतः क्रिक इन्फो

काठमाडौं। एसिया कप क्रिकेटको फाइनलमा अहिले भारत र श्रीलंकाबीच प्रतिस्पर्धा भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकालाई भारतीय बलर मोहम्मद सिराजले धरासायी बनाएका छन् ।

घातक बलिङ गरेका सिराजले तेस्रो ओभरमै ४ विकेट लिएपछि श्रीलंकाको इनिङ्स धरासायी भएको हो। सिराजले पाँचौ ओभरमा अर्को विकेट लिएर फाइवर पुरा गरे । १० ओभर नहुँदै श्रीलंकाले घरेलु मैदानमा ६ विकेट गुमाइसकेको छ ।

पहिलो ओभरमा नै जस्प्रित बुमराहले भारतका लागि पहिलो विकेट लिएका थिए । अहिलेसम्मको अवस्था हेर्दा श्रीलंकाले ५० रन समेत नबनाउने डर देखिएको छ । कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेका छैनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved