ओंठ सुख्खा हुने समस्या हटाउन अपनाउनुहोस घरेलु उपाय

नेपालभ्युज

ओंठ सुख्खा हुने समस्या हटाउन अपनाउनुहोस घरेलु उपाय

एजेन्सी । गर्मीमा धेरै प्रकारका छाला सम्बन्धी समस्या हुने गर्छन् । चर्को घाम, धुलो आदिले हाम्रो ओंठमा पनि नराम्रो असर परिरहेको हुन्छ । जसले गर्दा ओंठ फुट्ने तथा सुख्खा भइरहने समस्या देखिन्छ ।

यस्तो समस्याका पछाडि हुने कारण जानेर केही टिप्स अपनाउँदा सहज हुन्छ ।

पानीको कमी

शरीरमा पानीको कमीले गर्दा पनि पटक पटक ओंठ सुक्ने तथा सुख्खा हुने समस्या हुन्छ । जसले गर्दा ओंठबाट पाप्राजस्तो निस्कन्छ, त्यसलाई चलाएमा रगत समेत आउँछ । यस्तोमा विभिन्न केमिकल भएका उत्पादन प्रयोग गर्नुभन्दा घरेलु तरिकाले नै ओंठ ठिक पार्न सकिन्छ ।

गुलाब जल

पटक पटक ओंठ सुक्ने समस्या भइरहेको छ भने तपाईं गुलाब जलमा ग्लीसीरिन मिसाएर लगाउन सक्नुहुन्छ । यसका लागि एक चम्चा गुलाब जलमा ग्लीसीरिन मिसाउनुहोस् र कपासको सहयोगले ओंठमा लगाउनुहोस् ।

मह

फुटेका ओंठमा मह पनि एकदमै राम्रो औषधि हो । यसमा मोइस्चराइजिंग गुण पाइन्छ जसले गर्दा ओंठ मुलायम तथा गुलाबी देखिन थाल्छन् । यसका लागि केहीबेर मह लगाउने र सफा पानीले धुने ।

नरिवलको तेल

नरिवलको तेलमा पनि एन्टीब्याक्टेरियल, एन्टीइन्फ्लामेटरी गुण हुन्छ । जसले ओंठमा संक्रमण हुनबाट रोक्छ । वा यदि संक्रमण भइरहेको छ भने पनि त्यसलाई फैलन दिँदैन र छिटै ओंठ निको हुन्छन् ।

नौनी घ्यू

सुख्खा भएका तथा फुटेका ओंठलाई निको बनाउन नौनीले पनि रामवाण औषधिको काम गर्छ । यदि ओंठमा धेरै नै समस्या छ भने पनि रातमा सुत्नुअघि नौनी लगाउनुहोस् र बिहान तपाईंका ओंठ मुलायम तथा नरम हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved