उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्- अर्थतन्त्र अहिलेभन्दा कमजोर हुने ठाउँ छैन

नेपालभ्युज

उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्- अर्थतन्त्र अहिलेभन्दा कमजोर हुने ठाउँ छैन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र अहिलेभन्दा कमजोर हुने ठाउँ नभएको भन्दै आगामी दिनमा सुध्रने आशा व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आइआई सिनेमा हलको उद्घाटन गर्दै उनले देशको अर्थतन्त्र अहिलेभन्दा खस्किने ठाउँ नभएको बताएका हुन् ।

अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढेमात्रै अर्थतन्त्र चलायमान हुने भन्दै सिनेमा हल खुल्नुले आममानिसमा सकारात्मक उर्जा थपिने विश्वास पनि व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved