भाइरल फिवरबाट बच्ने उपाय

नेपालभ्युज

भाइरल फिवरबाट बच्ने उपाय

एजेन्सी । अहिले भाइरल संक्रमण बढिरहेको छ । यस्तो मौसममा संक्रमण हुनु नदिन शरीरलाई बलियो बनाउनु बुद्धिमानी हुन्छ ।

विभिन्न उपाय गरेर शरीरलाई बलियो बनाउन सकिन्छ । जसले गर्दा विभिन्न भाइरल संक्रमण तथा ज्वरोले आक्रमण गर्न सक्दैनन् । आउनुहोस त्यस्ता उपाएबारे जानौं ।

बाहिरको नखाने

भाइरल ज्वरोबाट बच्नका लागि सबैभन्दा पहिला तपाईंले आफ्नो खानपानमा ध्यान दिनु पर्छ । यसक्रममा बाहिरको खानले पनि तपाईंलाई सजिलै संक्रमण हुन सक्छ । घरमा बनेको ताजा र तातो खानामै जोड दिनुहोस ।

इम्यूनिटी बुस्ट गर्ने

संक्रमणबाट बच्न इम्यूनिटी बुस्ट गर्ने उपाए अपनाउनुहोस । त्यसका लागि दिनमा कम्तीमा दुईपटक हर्बल टी पिउनुहोस् । ल्वांग तथा तुलसी आदिको चिया पनि फाइदाजनक हुन्छ । साथमा कागती मिसाएर चिया पिउन सकिन्छ ।

हाइड्रेट हुने

संक्रमणबाट बच्नका लागि शरीरलाई सधैं हाइड्रेट राख्नुपर्छ । किनकी जब शरीर हाइड्रेट रहन्छ तब भाइरसले सहजै आक्रमण गर्न सक्दैन । पानी सकेसम्म उमालेर पिउनुहोस ।

मास्क लगाउने

कुनै पनि बेला बाहिर निस्कँदा मास्क लगाउने गर्नुहोस् । यसले विभिन्न संक्रामक रोगबाट जोगाउन सक्छ । विशेषगरी ज्वरो, रुघाखोकी आदि स्वासप्रस्वासबाट छिटो सर्ने भएकाले मास्क एकदमै आवश्यक हुन्छ ।

सन्तुलित आहार

भाइरल इन्फेक्शनबाट बच्न सन्तुलित आहार लिन पनि एकदमै जरुरी हुन्छ । यसबाट तपाईंको शरीरमा सम्पूर्ण भिटामिन तथा मिनरल्स प्राप्त हुन्छन् । जसले गर्दा रोगसँग लड्ने क्षमता बढ्छ । यसका लागि खानपानमा हरियो तरकारी, सागपात, सलाद, फलफूल आदि समावेश गर्नुहोस् ।

सरसफाई

सबैभन्दा जरुरी विषय सरसफाई पनि हो । सरसफाईले धेरै रोग कम हुन्छन् । किनकी सरसफाईमा खराब किटाणु धेरै समय बाँच्न सक्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved