यस्ता व्यक्तिलाई छिट्टै पिसाबमा संक्रमण देखिन्छ

नेपालभ्युज

यस्ता व्यक्तिलाई छिट्टै पिसाबमा संक्रमण देखिन्छ

एजेन्सी । यूटीआई यानिकी यूरिनरी ट्रयाक इन्फेक्शन (पिसाबनलीमा संक्रमण) एउटा आम समस्या हो । जो पुरुषको तुलनामा महिलामा बढी देखिने गर्दछ । तर यसमा पनि केही त्यस्ता व्यक्ति हुन्छन् जसलाई पटक-पटक यो समस्या भइरहने गर्दछ ।

आउनुहोस् जानौं कस्ता व्यक्तिलाई पटक पटक यूटीआईको समस्या हुन्छ ।

मधुमेह

मधुमेहका बिरामीलाई पटक पटक यूटीआई हुने खतरा हुन्छ । खासगरी हाई ब्लड सुगरको असर पिसाबथैलीमा पनि पर्छ र ब्याक्टेरिया बढ्न थाल्छन् । यस्तोमा पिसाब पोल्ने, पटक पटक पिसाब आउने समस्या हुन सक्छ । यो समस्या बढ्दै गयो भने यूटीआईको रुप लिन थाल्छ ।

मिर्गौलाको इन्फेक्शन

मिर्गौलासँग जोडिएका कुनै समस्या हुँदा पनि यूटीआईको जोखिम बढ्छ । किनकी यसले यूरिनरी ट्रयाक ब्लक हुन सक्छ र ब्याक्टेरिया बढ्छन् । यस स्थितिमा यूटीआईको खतरा बढ्छ ।

कब्जियत

कब्जियतको समस्या भएका व्यक्तिलाई पनि यूटीआईले पटक पटक सताउन सक्छ । यस समस्यामा ब्लाडर पूर्ण रुपमा खाली हुन पाउँदैन जसले गर्दा ब्याक्टेरिया बढ्न थाल्छन् ।

महिनावारी

महिनावारीको क्रममा पनि सरसफाईलाई राम्रोसँग ध्यान दिइएन भने यूटीआईको समस्या आउन सक्छ । त्यसैले यस्तो समयमा महिलाले सरसफाईमा विशेष ख्याल राख्नुपर्ने हुन्छ ।

गर्भावस्था

महिलामा गर्भावस्थाको बेला पनि प्रायः यूटीआई हुने गर्छ । किनकी यस क्रममा गर्भाशय बढेको हुन्छ । यसको तौल थैलीमा परिरहँदा पिसाब बाहिर निस्कन पनि समस्या हुन्छ । जसले गर्दा यूटीआई हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved