गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भीड (तस्वीरहरू)

कुशे औँशीका दिन हिन्दू धर्मावलम्बीहरूले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् ।

गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भीड (तस्वीरहरू)

काठमाडौं। हिन्दू धर्मअनुसार कुशेऔंशी भाद्र कृष्ण औँशीका दिन मनाइने चाड  हो । कुशेऔंशीमा बुबाको मुख हेर्ने, बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेहरूले तीर्थमा गई श्राद्ध, पिण्डदान र जलदान गर्ने परम्परा रहिआएको छ ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्दछ । त्यसैले, कुशेऔंशीलाई गोकर्ण औंशीसमेत भनिँदै आएको छ । कुशेऔंशीका दिन हिन्दू धर्मावलम्बीहरूले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरूद्वारा पूजा गरी छेदन गरेको कुश, पुरोहितहरूले यजमानहरूको घर-घरमा पुर्‍याउने परम्परा पनि रहिआएको छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।  आज काठमाडौंको गोकर्णेश्वरमा श्राद्ध, तर्पण र दान गर्ने श्रद्धालुहरूको भीड लाग्दछ । तस्वीरहरू :-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved