नेम्वाङ आँखामा राखे पनि नबिझाउने नेता हुनुहुन्थ्यो, गुमाउँदा मर्माहत छु : बाबुराम भट्टराई

नेपालभ्युज

नेम्वाङ आँखामा राखे पनि नबिझाउने नेता हुनुहुन्थ्यो, गुमाउँदा मर्माहत छु : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताएका छन् ।

उनले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको पनि बताएका छन् ।

‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ’, उनले भनेका छन्, ‘मैले आत्मीय मित्र गुमाएको छु ।’

अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved