हाथवे इन्भेष्टमेन्टको आइपीओमा भर्ने आज अन्तिम दिन 

नेपालभ्युज

हाथवे इन्भेष्टमेन्टको आइपीओमा भर्ने आज अन्तिम दिन 

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा आवेदन दिने आज(सोमबार) अन्तिम दिन रहेको छ । सीडीएसका अनुसार लगानीकर्ताले आज भदौ २५ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

भदौ २४ गते बेलुकासम्म २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परिसकेको छ । कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५०५ अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ कम्पनीले जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २५ अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ ।

यसै गरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved