राप्रपा एकताबद्ध छ : पशुपति समशेर जबरा

नेपालभ्युज

राप्रपा एकताबद्ध छ : पशुपति समशेर जबरा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राप्रपा पार्टी एकताबद्ध भएको बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताएका हुन् । उनले राप्रपा एकताबद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने बताए ।

उनले भने, ‘कानुन, बहुदलीय प्रजातन्त्र सबैले मान्नुपर्छ यो राप्रपाको मान्यता हो । पार्टी एकजुट छ, राप्रपा राप्रपा नै छ । एकताबद्ध छ । यसमा कुनै शंकै छैन ।’

उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरिएकोप्रति निन्दा गरे । आक्रमणकारी अपराधी भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved