दोधारा चाँदनीमा पुग्यो डिशहोमको फाइवरनेट सेवा 

नेपालभ्युज

दोधारा चाँदनीमा पुग्यो डिशहोमको फाइवरनेट सेवा 

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रामक रूपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरूमा विस्तार गर्ने क्रममा दोधारा चाँदनीमा पनि पुर्‍याएको हो ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको कम्पनीले जनाएको छ । ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानी–छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।

कञ्चनपुरको दोधारा चाँदनीका ग्राहकहरूले अब डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइवरनेट नै दोधारा चाँदनीका ग्राहकहरूको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ ।

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरू नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं। ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved