छिट्टै एमालेमा ठूलै पहिरो जाने झलनाथको दाबी

नेपालभ्युज

छिट्टै एमालेमा ठूलै पहिरो जाने झलनाथको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा छिट्टै ठूलो पहिरो जाने दाबी गरेका छन् ।

एकीकृत समाजवादी छाडेर एमालेमा फर्कनेहरुले पछुताउनुपर्ने भन्दै खनालले एमालेमा पहिरो जाने दाबी गरेका हुन् ।

‘हामीले हाम्रा साथीहरु एमालेमा फर्किए भनेर चिन्ता गरिरहेका छौं’, उनले भने, ‘तर छिट्टै एमालेमा ठूलो पहिरो जाँदैछ । एमालेका नेताहरुलाई हाम्रो पार्टीमा प्रवेश गराउँदैछौं ।’

एकीकृत समाजवादीनिकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै खनालले समाजवाद पक्षधरहरु क्रमशः एकीकृत समाजवादीमा आउने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved