सनराइज क्यापिटलले मर्जर प्रस्ताव पारितका लागि बोलायो साधारण सभा

नेपालभ्युज

सनराइज क्यापिटलले मर्जर प्रस्ताव पारितका लागि बोलायो साधारण सभा

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले असोज १० गते मर्जर प्रस्तावको लागि १३ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सनराइज क्यापिटलको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा साधारण सभा बोलाएको हो ।

बैंकले लक्ष्मी क्यापिटल लिमिटेडसँग एक हुने प्रस्ताव पारित गर्नेछ । साथै आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत करसमेत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved