नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो 

नेपालभ्युज

नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको मंगलबारदेखि ओरालो लागिरहेको नेप्सेमा आज पुनः गिरावट आएको हो ।

आज नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक घटेसंगै कारोबार रकम पनि घटेको छ । हिजो एक अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको थियो । आज मंगलबार २४ लाख ८० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७९ करोड ६८ लाख ७० हजार बराबरको कारोबार भएको छ ।

त्यसैगरी सेन्सेटिभ इन्डेक्स ०.४७ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२८ अंक घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved