देउवा भन्छन् : नेपालले बिजुली बेच्न भारतका शर्त मान्नैपर्ने बाध्यता छ

नेपालभ्युज

देउवा भन्छन् : नेपालले बिजुली बेच्न भारतका शर्त मान्नैपर्ने बाध्यता छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको बिजुली बेच्नका लागि भारतका जुनकुनै शर्त मान्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

नेपालको बिजुली किन्ने देश भारत मात्रै भएको भन्दै उनले भारतले भनेका कुराहरु मान्नुपर्ने बाध्यता रहेको बताएका हुन् । भारतले भनेको नमान्दा बिजुली बेच्नै नसक्ने स्थिति भएकाले थोरै लचिलो हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपालसँग धेरै बिजुली छ’, उनले भने, ‘कि त नेपालले बिजुली नबेच्ने भन्नुपर्यो कि भारतले भनेको मान्नुपर्यो ।’

उनले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने पनि बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन र भारत नै नेपालका सधैंका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved