भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट, कति जना भए हात खाली ? 

नेपालभ्युज

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट, कति जना भए हात खाली ? 

काठमाडौं । भगवती हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । आइपीओ बाँडफाँड कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।

आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जसमध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिने कम्पनीले जनाएको छ । जसअनुसार ७१ हजार २ सय २२ जनालेमात्र सो शेयर पाएका छन् ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको थियो । जसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन खुला गरेको थियो । सोही शेयर आज बाँडफाँट गरिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved