अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ पाँच पैसा रहेको छ भने, बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा रहेको छ भने, बिक्री दर १४२ रुपैयाँ ९३ पैसा पुगेको छ । त्यसै गरी बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ १ पैसा रहेको छ ।

कतारी रियालको खरिद दर ३६ रुपैयाँ २२ पैसा रहेको छ भने, बिक्री दर ३६ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved