‘आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’

नेपालभ्युज

‘आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’

काठमाडौं । मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कूटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य विषयक छलफलमा वक्ताहरुले उक्त धारणा राखेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवर्द्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए । विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदूतहरूले पनि निजी क्षेत्रसँगको सहकार्य गर्नुपर्ने उनको धारणा थियो ।

नेपाल सरकार सुरक्षा परिषद्का सल्लाहकार एवं पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरुले आफ्नो दायरा विस्तार गरि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । मुख्य सचिव वैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरूलाई शुभकामना दिँदै आर्थिक कूटनीति विस्तारका लागि बहुपक्षीय निकायहरूसँगको सहकार्य पनि आवश्यक रहेको बताए ।

यसैगरि निजी क्षेत्रले पनि वस्तु र बजार विविधीकरणमा ध्यान दिनुपर्ने बताए । श्रम सचिव केवल भण्डारीले अब आर्थिक कूटनीतिलाई श्रम कूटनीति भन्नुपर्ने सुझाव दिए । अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कूटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए । वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको बताए ।

महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरुले सकारात्मक मात्र भएमा पनि निक्कै सहज अनुभव सुनाए । ‘नियोगहरुले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उनले भने, ‘धेरै उदीयमान र विकसित अर्थतनत्रहरुमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवर्द्धनका आधारमा राजदूतहरूको मूल्याङ्कन हुने गरेको छ ।’

नवनियुक्त राजदूतहरूको तर्फबाट बाेल्दै थाइल्याण्डका लागि नियुक्त राजदूत धनबहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य विषयमा केन्द्रित भई सुझाव दिनुपर्ने बताए । महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved