लम्पी स्किन रोगबाट पीडित किसानलाई अब छिट्टै राहत वितरण हुन्छः कृषिमन्त्री

नेपालभ्युज

लम्पी स्किन रोगबाट पीडित किसानलाई अब छिट्टै राहत वितरण हुन्छः कृषिमन्त्री
फाइल फोटो

काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाई भएको स्वीकार गरेका छन् । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाई नहुने आश्वासन समेत दिए ।

आईतवार सिंहदरबारमा मन्त्रालयको काम कारवाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो राहत उपलब्ध गराउनका लागि आफूले गृह र अर्थ मन्त्रालयलाई बारम्बार ताकेता गरेको र सो काम छिट्टै गर्ने पक्षमा सरकार रहेको समेत बताए ।

उनले सो रोग नियन्त्रणका लागि खोप खरिद गर्ने काम शुरु गरिएको र त्यसलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको पनि बताए ।

मन्त्री भुसालले रासायनिक मलको अभाव पनि नभएको दाबी गरे । शुरुमा वितरणमा केही समस्या भएपनि अहिले किसानले रासायनिक मलको समस्या झेल्नु नपरेको उनको भनाई थियो । मन्त्री भुसालले सरकारले कृषिमा खेतीवाली उत्पादन वृद्धिमा जोड दिएको दोहोर्‍याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved