गाईजात्रा : प्रज्ञा भवनमा ‘एलन मस्क’ र ‘महावीर पुन’को भेट !

महावीर पुन (प्रभात लामा) र यलन मस्क (मनोज गजुरेल)बीचको संवाद विशेष रोचक छ। स्वर्गमा बीपी कोइराला र मदन भण्डारीबीचको संवादले पनि दर्शकलाई हँसाइरहेको छ। 

नेपालभ्युज

गाईजात्रा : प्रज्ञा भवनमा ‘एलन मस्क’ र ‘महावीर पुन’को भेट !

काठमाडौं। ‘२०८० सालको गाईजात्रा’ कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी छ। मनोज गजुरेलसहितका चर्चित कलाकारले मनोरञ्जनात्मक प्रस्तुति दिइरहेका छन्।

प्रज्ञा भवनमा १४ भदौदेखि सुरु भएको गाईजात्रा १७ भदौसम्म सञ्चालन हुने कलाकार प्रभात लामाले जानकारी दिए।

यसपालिको गाईजात्रामा कलाकार मनोज गजुरेलले ट्विटर (एक्स)का मालिक यलन मस्क बनेका छन्। कलाकार प्रभात लामा नेपालका चर्चित वैज्ञानिक महावीर पुनको भूमिकामा देखिएका छन्।

महावीर पुन (प्रभात लामा) र यलन मस्क (मनोज गजुरेल)बीचको संवाद विशेष रोचक छ। स्वर्गमा बीपी कोइराला र मदन भण्डारीबीचको संवादले पनि दर्शकलाई हँसाइरहेको छ।

‘२०८० सालको गाईजात्रा’ नाम दिइएको यस वर्षको गाईजात्रे प्रस्तुतिमा चर्चित कलाकार मनोज गजुरेलसहित १२ जना कलाकारले दर्शकको मन जित्ने प्रयास गरिरहेका छन्।

गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, प्रभात लामा, चक्र दबाडी, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, रुविना अधिकारीलगायत कलाकारले जीवन्त अभिनय देख्न सकिन्छ।

कलाकारहरूले दर्शकलाई हास्यव्यङ्ग्य प्रस्तुतिका साथै भरपुर मनोरञ्जन गराउने प्रयास गरिरहेका छन्।
यसपटक रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि डिजिटल गाईजात्रा प्रसारण गरिने वरिष्ठ कलाकार मनोज गजुरेलले जानकारी दिए। गाईजात्रा हेर्न प्रत्येक एपिसोडमा देखिएको दर्शकको खचाखच उपस्थितिले आफूहरू कलाकारहरू उत्साहित बनेको कलाकारहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved