उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूतबीच भेटवार्ता

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष  पुगेकामा राजदूत फेनलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकामा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहेको बताए ।

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको जनाउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved