भदौ २९ गतेबाट अनसन सुरु गर्ने गोविन्द केसीको घोषणा

डा. गोविन्द केसीले भदौ २९ गतेबाट अनसन सुरु गर्ने घोषणा गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूहरूले राखेका माग सम्बोधन नभए अनसन थाल्ने बताए।

नेपालभ्युज

भदौ २९ गतेबाट अनसन सुरु गर्ने गोविन्द केसीको घोषणा

काठमाडौं। डा. गोविन्द केसीले भदौ २९ गतेबाट अनसन सुरु गर्ने घोषणा गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूहरूले राखेका माग सम्बोधन नभए अनसन थाल्ने बताए।

विभिन्न मागहरू राखेर २९ साउनबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरू आएपछि एक महिनाका लागि सारेको उनले बताए। विज्ञप्तिमा लेखिएको छ,, ‘‘ती प्रतिबद्धताहरू कार्यान्वयन नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौँ।’’

डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि आवेदन दिएका केही व्यक्ति गम्भीर अनियमिततामा मुछिएका, प्रतिष्ठान सञ्चालन गर्दा भ्रष्ट र असफल प्रमाणित पनि रहेको भन्दै स्वार्थको द्वन्द्व नभएका योग्य उम्मेदवार मात्र छनोट गर्न पनि सरकारलाई आग्रह गरेका छन्।

केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘‘चिकित्सा शिक्षा आयोग स्थापनापछिको पहिलो चारवर्षे अवधिमा अनेक खाले राजनीतिक हस्तक्षेप, पदाधिकारीहरूमाथिको आपराधिक गुण्डागर्दी र अवरोधका बाबजुद आयोगले चिकित्सा शिक्षा सुधारमा उल्लेख्य काम गर्न तथा आयोगको स्वायत्तता कायम राख्न सफल भएको छ। अब आएर भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति उपाध्यक्ष बनेमा ती सबै उपलब्धि उल्टिने जोखिम छ। त्यस्ता उम्मेदवार पदाधिकारीका रूपमा छानिएमा त्यसले चिकित्सा शिक्षा ऐनको परिकल्पना विपरीत नेपालको मेडिकल शिक्षालाई गुणस्तरहीन र धराशायी बनाउने जोखिम रहेको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved