माण्डु हाइड्रोमा आवेदन दिने आज अन्तिम दिन 

नेपालभ्युज

माण्डु हाइड्रोमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले एक सूचना जारी गर्दै ९आज०भदौ १३ गते बै‌‌किङ समयपश्चातबाट आइपीओ आवेदन बन्द गर्न लागेको जानकारी गराएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारमा एक लाख ३६ हजार ३६४ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको छ । त्यसै गरी, २ लाख ७२ हजार ७ सय ३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बिक्री गरी बाँडफाँड गरिसकेको छ ।

त्यसै गरी, कम्पनीले २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोषहरूमा समेत बाँडफाँट गरी जम्मा १२ लाख ५ हजार ३२० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved