नन्दबक्स ब्यारेकका मेजर सम्पर्कविहीन, चुँगार्डको एक पसलमा मागेका थिए डोरी

मेजर विमल पण्डित त्रिपुरासुन्दरी– १० मा पर्ने लिकुतर्फ गएका र फर्केर चुँगार्ड भन्ने ठाउँमा आएका थिए। स्थानीयका अनुसार उनले एक पसलमा डोरी मागेका थिए।

नेपालभ्युज

नन्दबक्स ब्यारेकका मेजर सम्पर्कविहीन, चुँगार्डको एक पसलमा मागेका थिए डोरी

सुर्खेत। डोल्पाको दुनैमा रहेको नन्दबक्स गणका मेजर सम्पर्कविहीन भएका छन् । मेजर विमल पण्डित आइतबार साँझदेखि बेपत्ता भएका हुन्।

मेजर पण्डित एक्लै दुनैबाट पश्चिमतिर पर्ने त्रिपुराकोट हिँडेको र त्यसपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय, डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए ।

सम्पर्कविहीन भएदेखिनै नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीले खोजी गरिरहेका छन् ।

मेजर विमल पण्डित आइतबार साँझ एउटा सार्वजनिक जीप रिजर्भ गरेर त्रिपुराकोट पुगेका बताइएको छ ।

त्रिपुराकोटस्थित नरलाल रोकायको पसलमा आफूसँग खर्च गर्ने पैसा नभएको भन्दै ‘फोन पे’ मार्फत केही रकम हाल्दिएर नगद रकम फिर्ता मागेका थिए ।

त्यसपछि उनी त्रिपुरासुन्दरी- १० मा पर्ने लिकुतर्फ गएका र फर्केर चुँगार्ड भन्ने ठाउँमा आएका थिए । स्थानीयकाअनुसार मेजर विमल पण्डितले एक पसलमा डोरी मागेका थिए । त्यहाँ डोरी नभएको बताएपछि उनी त्यहाँबाट हिँडेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved