प्रिमियर लिग: म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

नेपालभ्युज

प्रिमियर लिग: म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

एजेन्सी। म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ ।

गएराति भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै सिटीले शेफिल्ड युनाइटेडलाइ २-१ गोलले हरायो । ६३ औँ मिनेटमा इर्लिङ हलाण्डले गोल गरेर सिटिलाई अग्रता दिलाएका थिए ।

तर ८५ मिनेटमा शेफिल्डका बोग्लेले गोल गरेर खेल बराबरीमा ल्याए । खेल बराबरीतर्फ गइरहेको अवस्थामा ८८ औँ मिनेटमा रोड्रीले गोल गरेर सिटीलाई जिताए ।

सिटी ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा छ । अंकविहिन रहेको शेफिल्ड १७ औँ स्थानमा छ । गएराति नै भएका अरु खेलमा लिभरपुलले न्युक्यासललाई २-१ र एस्टन भिल्लाले बर्नलीलाई ३-१गोलले हराए ।

नियमित समयसम्म बराबरीमा रहेको खेलमा लिभरपुलका नुनेजले इन्जुरी समयमा गोल गरेर टिमलाई जिताए । लिभरपुल तेस्रो र एस्टन भिल्ला सातौँ स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved