लागुऔषधसहित चालक र सहयोगी पक्राउ

लागुऔषधसहित चालक र सहयोगी पक्राउ

सुर्खेत। लागुऔषधसहित ट्रकका चालक र सहयोगी पक्राउ परेका छन् । दाङबाट जुम्ला आउँदै गरेको क. १ ख १० नम्बरको ट्रकका चालक र सहयोगीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

सुर्खेतको प्रदेशद्वारका रूपमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेक पोस्टमा ट्रक चालक दैलेखको गुराँस गाउँपालिका–३ का हरि खत्री र उनका सहयोगी टोप्रेन्द्र शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ट्रक चालक बस्ने सिटमाथि मिटर बोर्डभित्र लुकाई छिपाई राखेको १ पुरिया (नापतौल गर्न बाँकी) अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धूलो पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved