अपडेट :

धादिङ दुर्घटना : ९ जनाको शव भेटियो, नदीमा गोताखोर परिचालन

नेपालभ्युज

धादिङ दुर्घटना : ९ जनाको शव भेटियो, नदीमा गोताखोर परिचालन

काठमाडौं। काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खस्दा ज्यान जानेको संख्या ९ पुगेको छ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा १६ जनाको उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारी भने, ‘‘ दुर्घटनामा ९ जनाको शव भेटिएको छ। उद्धार जारी छ। अझै केही हराएका हुन् की भन्ने आशंका छ।’’

म्याग्दी कोरला यातायातको बस बिहान सवा ११ बजे नदीमा खसेको हो। घटनास्थलमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ।

प्रहरीले भन्यो, ‘‘बस नदीमा डुबेकाले केही यात्रु बगाएको आशंकामा गोताखोरको टोलीले खोजी गरिरहेको छ।’’ उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन्।

दुर्घटनामा घाइते भएकाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उपचार सम्भव नभएका केही घाइतेलाई काठमाडौं ल्याइएको छ।

साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान छ। तर, दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved