धादिङ दुर्घटना अपडेट : ८ जनाको शव भेटियो, १६ जनाको उद्दार

धादिङको छहरानजिकै त्रिशुली नदीमा बस खस्दा कम्तिमा ८ जनाको मृत्यु भएको छ । केही घाइते छन् ।

नेपालभ्युज

धादिङ दुर्घटना अपडेट : ८ जनाको शव भेटियो, १६ जनाको उद्दार

काठमाडौं । धादिङको छहरानजिकै त्रिशुली नदीमा बस खस्दा मृत्यु भएका ८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका १६ जनाको उद्दार गरिएको छ । ८ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट बाग्लुङ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

बस नदीमा डुबेकाले यात्रु डुबेको या खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन् ।

साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ । तर दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved