पाकिस्तानको केबलकारमा फसेका ८ यात्रीमध्ये २ बालबालिकाको उद्धार

‘कृपया हामीलाई मद्दत गर्नुहोस्, हामी हावामा अलपत्र परेको करिब पाँच घण्टा भइसकेको छ । अवस्था यति नाजुक छ कि एक जना बेहोस भएका छन् । एउटा हेलिकप्टर आयो तर कुनै अपरेशन नगरी छोडियो ।’

नेपालभ्युज

पाकिस्तानको केबलकारमा फसेका ८ यात्रीमध्ये २ बालबालिकाको उद्धार

काठमाडौं । पाकिस्तानमा केबलकारमा फसेका दुई बालबालिकाको उद्धार गरिएको छ । केवलकारमा ८ जना फसेको खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खबर लेखेका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको दुर्गम पहाडी भागमा १२ सय फिट (करिब ३६५ मिटर) को उचाइमा केबुलकार फसेको बेला बालबालिकाहरू विद्यालय जान उपत्यका पार गर्न केबलकार प्रयोग गर्दै थिए। फसेका सबैलाई उद्धार गर्न पाकिस्तानी सेनाको हेलिकप्टर परिचालन गरिएको छ । साँझसम्म केबलकारबाट दुई बालबालिकालाई बाहिर निकालिएको छ ।

बीबीसीका अनुसार प्रहरी अधिकृत मोहम्मद अमजदले केबलकारबाट दुई बालबालिका निकालिएको जानकारी दिएका छन् ।

हेलिप्याडमा उपस्थित चिकित्सकले दुवै बालबालिकाको स्वास्थ्य परीक्षण गरेका छन् । उनीहरूको अवस्था स्थिर रहेको छ ।

रात परेसँगै हेलिकप्टरबाट गरिएको उद्धार पनि रोकिएको एक सैन्य अधिकारीले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्राकृतिक रूपमा सुन्दर यो क्षेत्रमा सडक लगायतका आधारभूत सुविधा उपलब्ध छैनन् । यातायात माध्यमको रूपमा यहाँ एक पहाडबाट अर्को पहाडसम्म पुग्न केबलकारको प्रयोग गरिन्छ ।

केवलकारबाटै अत्यावश्यक सामग्री ढुवानी पनि गरिने बीबीसीले लेखेको छ ।

केबलकारमा अड्किएका एक विद्यार्थी गुलफराजले पाकिस्तानी टेलिभिजन च्यानल जियो न्यूजसँग फोनमा कुरा गर्दै भनेका छन्, ‘कृपया हामीलाई मद्दत गर्नुहोस्, हामी हावामा अलपत्र परेको करिब पाँच घण्टा भइसकेको छ । अवस्था यति नाजुक छ कि एक जना बेहोस भएका छन् । एउटा हेलिकप्टर आयो तर कुनै अपरेशन नगरी छोडियो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved