प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित, सर्वदलीय बैठक पनि बस्न सकेन

नेपालभ्युज

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित, सर्वदलीय बैठक पनि बस्न सकेन

काठमाडौं । संसद् बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ । बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण संसद् बैठक स्थगित भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक पनि भोलि नै बस्ने भएको छ ।

दलहरुबीच सुन तस्करी छानबिन गर्न समिति बनाउने विषयमा सहमति भएको भनिएको छ ।

एमालेले सुन तस्करी छानबिन गर्न समिति बनाउन माग गर्दै साउन १० गतेदेखि निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved