तस्वीरमा गोकर्णेश्वरको लाखे नाच

आदिकालिन नेवार बस्ती रहेको काठमाडौँ उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा विभिन्न मतभेद रहेको पाइन्छ ।

तस्वीरमा गोकर्णेश्वरको लाखे नाच

काठमाडौँ । नेवार समुदायमा विभिन्न समय र चाड अनुसारका धार्मिक नाचहरु नचाउने प्रचलन रहि आएको छ। यस्ता नाचहरु प्राय देवीदेवताका कथासँग सम्बन्धित हुन्छन् । यी मध्ये लाखे नाच पनि प्रमुख नाच मध्ये पर्दछ।

आदिकालिन नेवार बस्ती रहेको काठमाडौँ उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा विभिन्न मतभेद रहेको पाइन्छ । कसैले राजा हरिसिंह देवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको थिए भनेर भन्ने गरेका छन् । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले आफूसँगै उपत्यकामा लाखेलाई ल्याएका हुन भन्ने तर्क पनि राख्दछन् ।

नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुणकामदेवको पालादेखि सुरु भएको देखिन्छ । तर नेपालको मल्लकालिन इतिहास हेर्दा राजा प्रताप मल्लको पालादेखि भने विभिन्न देवीदेवताको मुकुट लगाई लाखे नाच नचाउने गरेको पाइन्छ।

लाखे नाचमा विशेष गरि धाः र भुस्याः बाजा बजाइन्छ । खिं, पछिमा, नायिखं र धिमे बजाएर पनि लाखे नाच नचाइन्छ । कतिपय ठाउँमा भने  मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाउँदै आइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved