सीआईबीले ललितानिवास प्रकरणको प्रतिवेदन बुझाउँदै

नेपालभ्युज

सीआईबीले ललितानिवास प्रकरणको प्रतिवेदन बुझाउँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितानिवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ।

सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।

ललिता निवासको १४२ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिमा नाममा सारेको प्रकरणमा सीआईबीले अनुसन्धान गरेको हो।

ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएसँगै आज प्रतिवेदन बुझाउन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved