शेखर कोइरालाको बुझाइ : सदन नचल्नुमा सत्ता-प्रतिपक्ष दुवै दोषी

नेपालभ्युज

शेखर कोइरालाको बुझाइ : सदन नचल्नुमा सत्ता-प्रतिपक्ष दुवै दोषी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सदन नचल्नुमा सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् । सदन खुलाउने विषयमा सरकारले नै बढी जिम्मेवार भएर संयोजनकारी भूमिका खेल्नुपर्ने उनको बुझाइ छ ।

संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वभाविक भएपनि सदनै अवरुद्ध पार्नु ठीक नभएको उनको भनाइ थियो ।

‘संसद छिटोभन्दा छिटो चल्नुपर्छ । यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन । यो देशको कुरा हो’, उनले भने, ‘सदन चलाउन सरकार बढी जिम्मेवार हुनुपर्छ ।’

उनले पर्सिका लागि बोलाइएको संसद् बैठक बिनाअवरोध सञ्चालन हुने विश्वास पनि व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved