भगवती हाइड्रोले सर्वसाधारणका लागि आइपीओ खुलाउँदै

नेपालभ्युज

भगवती हाइड्रोले सर्वसाधारणका लागि आइपीओ खुलाउँदै

काठमाडौं ।  भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भदौ ५ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले आइपीओ बिक्री खुलाउन लागेको हो ।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । त्यस्तै ५ प्रतिशत सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत शेयर छुट्टाएर बाँकी सेयर सर्वसाधारणका लािग खुला गरिएको हो ।

सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

यसका लागि सर्वसाधारणले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved