आफूभन्दा २० वर्ष जेठा नाना पाटेकरको प्रेममा परेकी थिइन् मनीषा कोइराला

नेपालभ्युज

आफूभन्दा २० वर्ष जेठा नाना पाटेकरको प्रेममा परेकी थिइन् मनीषा कोइराला

एजेन्सी । बलिउडमा कुनै समय धमाका मच्चाएकी अभिनेत्री मनीषा कोइरालाले हालै ५३औं जन्मदिन मनाएकी छन् ।

मनीषाले करिअरको सुरुआत सन् १९८९ मा नेपाली फिल्म ‘फेरि भेटौला’ बाट गरेकी थिइन् । यो फिल्म नेपालमा राम्रै चल्यो । त्यसपछि उनले बलिउडतिर पाइला चालिन् ।

अभिनेत्रीले सन् १९९१ मा आएको फिल्म ‘सौदागर’ बाट बलिउडमा डेब्यू गरिन् । यो फिल्म पनि सुपरहिट भयो । त्यसपछि मनीषाले थुप्रै सुपरहिट फिल्ममा काम गरिन । उनी एक समय बलिउडको नम्बर १ नायिकाको दौडमा माधुरी दिक्षीतको प्रतिस्पर्धी थिइन ।

फिल्मसँगै उनी व्यक्तिगत जीवनका घटनाले पनि चर्चामा आइरहिन । विशेष गरी प्रेम सम्बन्धका कारण उनको चर्चा धेरै नै हुने गरेको थियो ।

उनले सम्राट दाहालसँग केही समय वैवाहिक जीवन पनि बिताइन् । पछि उनीहरुको डिभोर्स भयो । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार सम्राट दाहालसँग विवाह गर्नुअघि उनले करीब ११ जनासँग डेट गरेकी थिइन् । जसमध्ये एक चर्चित अभिनेता नाना पाटेकर पनि थिए ।

मनीषा र नाना पाटेकर सन् १९९६ मा फिल्म ‘अग्नी साक्षी’ का क्रममा एकअर्काको नजिक भएका थिए । यो फिल्मको शुटिंगका बेला उनीहरु प्रेममा परे । त्यसपछि मनीषाले आफूभन्दा २० वर्ष ठूला नाना पाटेकरसँग डेट गर्न सुरु गरिन् ।

फिल्म ‘खामोशी’ मा पनि नाना र मनीषा सँगै देखिएका थिए । यस फिल्मको शुटिंगका क्रममा भने उनीहरुबीचको प्रेमको चर्चा धेरै नै फैलिएको थियो । एक अन्तरवार्तामा नाना पाटेकरले भनेका थिए मनीषा प्रायः उनकी आमा र छोरासँग भेट्न आउँथिन् ।

नाना पाटेकर र मनीषा दुवैको रिस अलि कडा थियो । यही कारणले दुवै कयौं पटक झगडा गर्ने गर्थे । उनीहरु विवाह पनि गर्न चाहन्थे तर यो हल्ला पनि थियो कि नाना पाटेकर आयशा जुल्कासँग प्रेममा थिए ।

यति मात्र नभएर मनीषाले नाना पाटेकरलाई एउटा बन्द कोठामा समेत देखेकी थिइन् । यही घटनापछि दुवैबीच सम्बन्ध बिग्रियो । मनीषाले प्रेममा धोका पाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved